• २०८१ माघ ८ गते मङ्गलवार

भन्सार छली ल्याएको खसीहरु गुलरिया प्रहरीको नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट
  •  महेन्द्र सिंह

बर्दिया,३ असार । गुलरिया प्रहरीले भारतबाट भन्सार छली गरी अवैधरुपमा नेपाल भित्र्याइएका खसी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएकोे टोलीले गुलरिया नगरपालिका–११ स्थित गोरखचौर भन्ने स्थानबाट सवा लाख मूल्य बराबरका खसी र भेडा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले भारतबाट ल्याइएका १६ खसी र २ भेडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए । १ लाख १५ हजार रुपैयाँ मूल्य बराबरका खसी र ६ हजारका बराबरका भेंडा बरामद गरएिको प्रहरीले जनाएको छ ।

बरामद खसी, भेडा आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय बर्दियामा बुझाइएको प्रहरी नायव उपरीक्षक महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस