• २०८० मङ्सिर १५ गते शुक्रवार

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा संसदमा हंगामा

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं। सभामुख कृष्णबहादुर महराले शुरूमा प्रधानन्त्री केपी शर्मा ओलीलाई बोल्न समय दिएपछि संसदमा हंगामा भएको छ । बैठकको शुरूमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरू उठेका थिए ।

प्रतिपक्षी दलका सांसद उठेको समयमा सभामुखले प्रधानमन्त्री ओलीलाई बोल्नको लागि समय दिए । त्यसपछि कांग्रेस सांसदहरूले होहल्ला गरेका हुन् । सभामुखको अनुमतिले प्रधानमन्त्री ओली रोस्टममा पुगेपछि कांग्रेस सांसदहरू बेलमा आएर नाराबाजी गरेका थिए । त्यसपछि कांग्रेस सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी गरेका थिए । कांग्रेस सांसदहरूको विरोधपछि सभामुख महराले संसद बैठक भोलि असार ४ गतेको लागि स्थगित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस