• २०७९ साउन २९ गते आइतवार

एमयुको नवौ वार्षिकोत्सव, विद्यार्थिहरु आन्दोलनमा : १६ जना विद्यार्थिहरु पक्राउ

पढ्न लाग्ने समय : २ मिनेट

 सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको ९ औँ स्थापना दिवसको अवसरमा संघिय राजधानीको एक नीजि कलेजले टिसर्ट सौजन्य प्रदान गरेकोमा विश्वविद्यालयका विभिन्न विद्यार्थी संघ/संगठनहरुले आपत्ती जनाउदै आन्दोलन गरेका छन ।

विद्यार्थिहरुले टिसर्ट र वार्षिकोत्सव निमन्त्रणा लेखिएको व्यानरसमेत जलाएका छन । कार्यक्रममा कर्णाली प्रदेशका प्रदेशप्रमुख दुर्गाकेशर खनालसमेतको सहभागिता रहेको थियो  भने ७०-१०० जतिको हाराहारिमा नेपाल प्रहरी र ससत्र प्रहरी परिचालन गरिएको थियो । काठमान्डौस्थित उक्त कलेजले सरकारी बिश्वविद्यालयको बार्षिक उत्सवको अवसरमा गरिने विभिन्न क्रियाकलापहरुमा टिसर्ट प्रायोजन गरेको प्रति विद्यार्थी संघ/संगठनहरुले कडा आपत्ती प्रकट गर्दै आन्दोलन गरेका हुन ।

काठमाडौंमा संचालन भएको उक्त नीजि कलेजको विज्ञापन हुने गरी विश्वविद्यालयलाइ टि–सर्ट सौजन्य दिएको विद्यार्थीहरुको भनाई छ । संयुक्त विद्यार्थी संगठनको नेतृत्वमा विश्वविद्यालयमा आन्दोलन गरिएको हो । विद्यार्थी संगठको तर्फबाट आन्दोलनको नेतृत्व गरिरहेका स्ववियु सभापति झक्कबहादुर शाहीले विश्व विद्यालय जुन उद्देश्य अनुसार स्थापना भएको हो त्यो उद्देश्य अनुरुप सञ्चालन नभई विश्व विद्यालयका पदाधिकारीहरुको मनोमानी तरिकाले चलिरहेकोले गर्दा आफुहरुले आन्दोलन गर्नु परेको बताए । आन्दोलका क्रममा प्रहरी जवान सुरेन्द्र महत घाइते भएका छन भने, केही विद्यार्थीहरु पनि घाइते भएका छन । आन्दोलनका क्रममा विद्यार्थी संघ/संगठनका केहि नेताहरुलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहदुर शाही, अखिल क्रान्तिकारी केन्द्रिय सचिब अमर जङ शाही, अनेरास्ववियु केन्द्रिय अनुसासन आयोग सदस्य नवीन योगि, नेबिसंघ नेता राजन क क, न्युटन ओलि, अनेरास्ववियु नेता महेन्द्र थाप, सरोज नेउपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल र ममता अधिकारीलाई भरत गौतम लगाएत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

https://youtu.be/KpGkhvdi-7A?t=9

प्रतिक्रिया दिनुहोस