• २०८० मङ्सिर १५ गते शुक्रवार

अज्ञात समूहद्वारा सल्यानमा वडा कार्यालयमा आगजनी

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, सल्यान । सल्यानमा अज्ञात समूहले छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालयमा सोमबार राति आगजनी आगजनी गरेका छन् ।

आगजनीबाट छत्रेश्वरी गाउँपालिका ३ मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएका छन् । अज्ञात समूहले लगाएको आगोबाट कार्यालयमा रहेका सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पुर्ण सामना जलेर नष्ट भएको वडा अध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली पुगेको छ । घटनाको अनुसन्धान भैरहेको र थप विवरण आउँन बाँकी रहेको लुहाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस