असार ३, कर्णाली । मध्यपश्चिम बिश्वबिध्यालयमा बिध्यार्थी र प्रहरीबिच झडप हुदा एक प्रहरी घाइते भएका छन । विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठमाडौंको निजि कलेजको बिज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् ।
प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई धरपकड गरेपछि झडप भएको हो। झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी जवान सुरेन्द्र महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।आन्दोलनमा सहभागी दर्जनबढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिश्वबिध्यालयका पदाधिकारीहरुले विद्यार्थी बिनै बन्द कोठामा नवौं स्थापना दिवश मनाई रहेका छन् । कार्यक्रम भैरहेको सभाहलमा विद्यार्थीहरुलाई प्रवेश निषेध गरिएको छ ।