• २०८० चैत्र १६ गते शुक्रवार

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको निधन

पढ्न लाग्ने समय : १ मिनेट

असार ३, एजेन्सी । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको मृत्यु भएको छ । अदालतमा बयान दिने क्रममा उनि ढलेका थिए । मुस्लिम ब्रदरहुड दलले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । उसले मोर्सीलाई उपचार सेवासमेत नदिइएको आरोप लगाएको छ ।

अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । सरकारी टेलिभिजनले ६७ वर्षका मार्सीको मृत्यु हृदयघातको कारण भएको जनाएको छ । मोर्सी हाल प्रतिबन्धित रहेको मुस्लिम ब्रदरहुडका शीर्ष नेता थिए । मोर्सीविरुद्ध व्यापक विरोध प्रदर्शन भएपछि सेनाले मोर्सीलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो ।

मुहम्मद मर्सी  मुस्लिम ब्रदरहुडको प्रमुख राजनीतिज्ञ हुन्। उनले मिश्रको निर्वाचनमा राष्ट्रपति चुनावमा विजय हासिल गरेका थिए। इजिप्ट मिश्रको निर्वाचन आयोगले चुनावको २४ जून २0१२ मा भएको पहिलो राष्ट्रपति पदको निर्वाचनमा ५१.७३% मत प्राप्त गरेपछि निर्वाचित घोषित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस