• २०८० असोज १७ गते बुधवार

आजको मौसम : पश्चिमि भेगमा मेघ गर्जन र हावाहुरि सहित हल्का वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । दिउँसो  देशको पश्चिमि भुभागमा सामान्यतया बदलि रहनेछ र बाँकि भू भागमा सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पछि वा साँझतिर पूर्वी र मध्य पहाडि भेगमा आंशिक बदलि को संभावना छ । पश्चिमि भेगका थोरै स्थानहरुमा मेघ गर्जन र हावाहुरि सहित  हल्का वर्षाको संभावना छ भने  मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन र हावाहुरि सहित  क्षणिक वर्षाको संभावना छ । देशको पश्चिमि हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना छ ।

राति देशको पश्चिमि भु भागमा लगायत पूर्वी र मध्य पहाडि भेगमा आंशिक बदलि रहनेछ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमि भेगका र मध्य र पूर्वी पहाडि भेगका एक दुई  स्थानहरुमा मेघ गर्जन सहित हल्का क्षणिक वर्षाको संभावना छ । देशको  हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।

प्रतिक्रिया दिनुहोस