बैशाख ५, काठमाडौं । श्री कालिका देवी प्राथमिक विद्यालय, पुल्लेतोला, अछाममा कार्यरत शिक्षक सुरत बहादुर रावलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ ।
नक्कली प्रमाणपत्र बनाई पेश गरी पदमा कार्यरत रहेकोले कारबाही गरी पाउ भन्ने समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा नक्कली प्रमाणित हुन आएको हो ।
शिक्षक सुरत बहादुर रावलले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश भारतबाट प्राप्त हाइस्कूल उत्तीर्ण गरेको झुट्टा नक्कली शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी सरकारी सेवामा बहाल रही लाभसमेत लिएको पुष्टि हुन आएको छ । उनलाई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।