• २०८० असोज ११ गते बिहिवार

भारतमा टिकटक बन्द ! आखिर किन ?

पढ्न लाग्ने समय : १ मिनेट

भारत ५,बैशाख ।अश्लिल सामग्री फैलाएको र कम उमेरका प्रयोगकर्ता यौन दुव्र्यवहारको शिकार भएको भन्दै मद्रास उच्च अदालतले भिडियो बनाउने र देखाउने ‘टिकटक’ एपमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो ।

file photo

 विश्व विख्यात कम्पनी एपल र गुगलले ‘एप स्टोर’बाट भिडियो बनाउने र देखाउने ‘एप’ ‘टिकटक’ हटाएका छन् । मद्रास उच्च अदालतले दिएको आदेश पालना गर्दै ती दुई कम्पनीले ‘टिकटक एप’ हटाएका हुन् ।

टिकटक’ बनाउने चिनियाँ कम्पनी ‘बाइटडान्स’ले त्यो निर्णयमा पुनविचार गर्न दिएको निवेदन मद्रास उच्च अदालतले अस्वीकार गरेको थियो । भारतमा मात्र टिकटाकका १२ करोड प्रयोगकर्ता थिए ।

टिकटक किशोरकिशोरीहरुले धेरै चलाउने र टिकटक प्रयोग गरेर गीत संगीतमा हाउभाउ र अभिनय प्रदर्शन गर्ने गरिन्थ्यो । अश्लिल र आपत्तिजनक सामग्री पोष्ट हुने टिकटकको व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस