बैशाख ५, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा कार्यरत कनिष्ट सहायक अन्चल सुनार घुस रकम सहित पक्राउ परेका छन ।
राष्ट्रसेवक कर्जाबापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न नमिल्ने गरी रोक्का राखी उक्त खाता खोल्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रू.१०,०००।– घुसबापतको रकम सहित नियन्त्रणमा लिएको हो । उनलाई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।