• २०७९ साउन ३१ गते मङ्गलवार

ताहुँ देउरालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, पाल्पा । पाल्पाको ताहुँ देउरालीमा जिप लु१ज १७८६ नं को दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिप उकालोमा ब्रेक फेल भई ब्याक भएर सडकबाट करीब २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते चालकको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा मृत्यु भएको छ । दुर्घटनामा घाइते चालकका दाजुको अहिले सोही मेडिकलमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मलेङ भन्ने गाउँमा सामान छाडेर फर्कने क्रममा देउराली नजिकै पुग्न लाग्दा जिप दुर्घटनामा परेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस