बैशाख ५, काठमाडौं । लायन्स क्लबको आयोजनामा बालाजु जमाचो जात्रामा बृहत् स्वास्थ्य सिविर हुँदै‘ छ । काठमाडौं को उत्तर भेग मा अबस्थित क्लब हरु को आयोजनामा बैशाख ६ गते उक्त बृहत् स्वास्थ्य सिविर हुन लागेको हो ।
बालाजु बाइस धारा पुर्णिमा तथा जामाचो जात्रा बैशाख ६ गतेको दिन बालाजु चोक मा तार्केश्वोर परिवार को आयोजना मा बृहत रक्तदान, फ्री मधुमेह परिक्षण, दन्त शिबिर तथा जात्रामा आउने आगन्तुकहरुका लागी निशुल्क खाने पानी बितरण गरिने कार्यक्रम रहेको छ ।
१७५ पिन्ट रक्तदान गर्ने, २०० जनाको निशुल्क मधुमेह परिक्षण, १७५ जनाको निशुल्क दन्त परिक्षण गर्ने आयोजक क्लबहरुको लक्ष्य रहेको छ। एक क्लब ५ जना को दर ले रक्तदाता ल्याउने र कम्ती मा पनि पनि १३० जना भन्दा बढी लायन मित्रहरुलाई सामाजिक कार्यमा सहभागी गराउने लक्ष्य रहेको हुँदा अहिले सम्मको नै महत्त्वपूर्ण कार्यक्रम हुने आयोजकको दाबी रहेको छ ।
यो कार्यक्रम मा ६८ पटक रक्तदान गर्ने एम जे एफ लायन राजु चालिसे लाई रक्तदान पश्चात् लायन्सका लिडर तथा डिष्टृकका सर्बोच्च नेता बाट सम्मान गरिने कार्यक्रम रहेको छ ।