चैत ४, गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–४ स्थित फुजेलमा बाँदरको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । घाइते हुनेमा शुभ प्रसाद रेग्मीका श्रीमती कल्पना रेग्मी रहेकी छिन् ।
सोमबार दिउँसो बारीमा काम गर्न जाँदा धारापानी धारा नजिकै कल्पनालाई ४/५ वटा बाँदरको समूहले आक्रमण गरेको स्थानीय नारायण घिमिरेले बताए ।
घिमिरेका अनुसार घाइते भएकी कल्पनाको निधारमा बाँदरले पिट्दा गम्भिर चोट लागेको छ । त्यस्तै शरीरमा विभिन्न भागमा पनि चोट लागेको छ ।
बाँदरले आक्रमण गरेलगत्तै कल्पनालाई फुजेलमै सामान्य ड्रेसिङ गराएर थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
एकमहिना अघि फुजेलमै बाँदरले आक्रमण गर्दा एक वृद्वघाइते भएका थिए । यतिमात्र होइन करिब ६ महिनाको अवधीमा फुजेलमा बाँदरको आक्रमणबाट १० जनभन्दा बडि घाइते भएका छन् ।