चैत ४, कपिलवस्तु । कपिलवस्तु, यशोधरा गाउँपालिका वडा नं.३ स्थित श्री कृष्ण धार्मिक मा.वि. बसन्तपुरका विद्यालय व्यवस्थापन समितिका सदस्य बिजयनाथ चौवेलाई घुस सहित नियन्त्रणमा लिईएको छ ।
विद्यालयमा विज्ञापन गरिएको अंग्रेजी विषयको मा.वि. अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गराइदिने प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज बिजयनाथ समातेको हो । चौवेलाई सेवाग्राहीसँग रू.१,००,०००।- (एक लाख ) घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज विद्यालय व्यवस्थापन समितिका सदस्य बिजयनाथ चौवेले भ्रष्टाचार गरेको देखिएको छ ।
उनलाई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।