चैत ४, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ स्थित हनुमानचोक नजिकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजादै गरेको २ थान मोटरसाइकल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको प्रदेश नं.३.०२.००१ प ३७०८ नम्बर र बा.९३ प २३७४ नम्बरको मोटरसाइकल छाडी अपरिचित व्यक्तिहरु फरार भएपश्चात प्रहरी उक्त मोटरसाइकल बरामद गरेको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।