- भोला घिमिरे (तुसारो)
सुक्दै छ यो होलिको रङ, तिम्रो रङमा घोल्न नपाई
मर्छ होला अधुरो प्रेम, राम्रोसँग बोल्न नपाई।
भोलि सम्झी बर्तमानलाई , तितो पारी छाड्यौ आज
रहर जलि खरानीभो,आगो दिई पोल्न नपाई।
सुक्दै छ यो होलिको रङ, तिम्रो रङमा घोल्न नपाई
मर्छ होला अधुरो प्रेम, राम्रोसँग बोल्न नपाई।
कथा जस्तै बने आखिर, जिन्दगीका हरेक आयाम
सुख दुख साथमै बसि, राम्रोसङ मोल्न नपाई।
सुक्दै छ यो होलिको रङ, तिम्रो रङमा घोल्न नपाई
मर्छ होला अधुरो प्रेम, राम्रोसँग बोल्न नपाई।
रित्तो चर्खाझै भो जीवन,धागो र म दुई किनारा
भयौं आखिर सङम बिना,धागो हाली रोल्न नपाई।
सुक्दै छ यो होलिको रङ, तिम्रो रङमा घोल्न नपाई
मर्छ होला अधुरो प्रेम, राम्रोसँग बोल्न नपाई।
प्यासी बनी एक नजरको,असिम आनन्दमा डुब्ने
रहर आखिर रहरै भो,मनको ब्यथा खोल्न नपाई।
सुक्दै छ यो होलिको रङ, तिम्रो रङमा घोल्न नपाई
मर्छ होला अधुरो प्रेम, राम्रोसँग बोल्न नपाई।
तारकेश्वर नगरपालिका ३, काठमाडौं