• २०८० मङ्सिर २५ गते सोमवार

सडकमै बस दुर्घटनाः एकको मृत्यु, ३५ घाइते

पढ्न लाग्ने समय : १ मिनेट

 चैत ४, दाङ । दाङमा आज भएको बस दुर्घटनामा परी एक जनाको मृत्युभएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् ।

घोराही–होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बाह्रकुने दहको मौलाकोट जाने चोकनजिक दुर्घटना भएको हो । रोल्पा बागमाराबाट घोराही आउदै गरेको बस दुर्घटना हुदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ बर्षीय हर्कबहादुर पुनको मृत्यु भएको छ । ना ४ ख ६०९४ नम्बरको बस तीब्र गतिमा रहेको र जीपलाई ओभरटेक गर्दा दुर्घटना भएको यात्रु दिपक बिकले जानकारी दिए ।

बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएकै दिशातर्फ फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस