• २०८१ माघ ८ गते मङ्गलवार

घुस रकम सहित नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, सप्तरी । १ नम्बर नापी टोली सप्तरीबाट साविक तरहि गाविस वडा नं.३ ९हाल डाक्नेश्वरी नगरपालिका वडा नं ३० को गाउँ ब्लकको जग्गा नापी गराइदिने प्रयोजनको लागि टोलीमा कार्यरत कर्मचारीहरूबाट सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो । २०७५ फाल्गुन मसान्तसम्म डोर हाजिरबाट जन्जिरदारको काम गर्नका लागि राखिएका पिन्टुकुमार यादवलाई सेवाग्राहीसँग रू.२६,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा राजविराज स्थित थारू रिसोर्टबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस