• २०८० असोज ४ गते बिहिवार

नक्कली नोट बनाउने भनेर जादुगरले ठगे मान्छे

पढ्न लाग्ने समय : २ मिनेट

चैत ४ , काठमाडौं । विशेष प्रकारको कला (जादु) प्रयोग गरेर सक्कली नोट जस्तै अर्को नोट बनाउने भन्दै ठगी गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले बागबजारबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा म्याग्दी घर भइ भक्तपुर बस्ने ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुङ्गा घर भएका ४६ वर्षीय मानबहादुर सुवेदी छन् ।उनीहरुले विभिन्न व्यक्तिलाई सक्कली नोटबाट उस्तै देखिने र कसैले पनि पत्ता नपाउने अर्को नोट बनाइदिने भन्दै (हेग्नोटाइज) गरी विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।उनीहरुको ‘जादु’ पत्याउने व्यक्तिलाई १ लाखको सक्कली जस्तै अर्को नक्कली नोट बनाउन परे ३५ हजार रुपैयाँ माग गर्देथे । ३५ हजार रुपैयाँ बुझाउने व्यक्तिले उनीहरुबाट १ लाखको बिटो बोकेर जान्थे । तर, उनीहरुले उक्त नोट यहाँ खोले जादु हराउँद भन्दै घरमा गएर मात्रै खोल्ने शर्त राख्दथे र नोट लगेका मानिसले घरमा गएर खोल्दा सबै नोट कागज मात्रै भएको फेला पार्ने गरेका थिए ।’सोमबार पक्राउ पर्दा उनीहरुको साथबाट यस्ता नोटका १२ ओटा ‘बिटा’ फेला परेको थियो ।‘१–१ लाखको भनिएका १२ ओटा बिटा ‘बाहिर सक्कलीजस्तै देखिने १००० रुपैयाँको नक्कली नोट राखिएको बिटा खोलेर हेर्दा भित्र कागजमात्रै बेरेर राखिएको थियो ।

उनीहरुको साथबाट सक्कलीजस्तै नक्कली नोट बनाउने भनेर प्रयोग गर्ने गरिएको विभिन्न प्रकारको रसायन, नोटजस्तो आकारमा बनाउनका लागि कागज काट्न प्रयोग हुने मेसिन र अन्य औजारहरु फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस