• २०८१ फाल्गुन २ गते शुक्रवार

कास्कीमा पनि देखियो बर्डफ्लु

पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, पोखरा । कास्कीको मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको छ।

पशुपंक्षी रोग अन्वेषण कन्ट्रोलका प्रवक्ता डा कृष्ण न्यौपानका अनुसार परियारले पालेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन्। पोखराबाट काठमाडौं परीक्षणका लागि पठाउँदा बर्डफ्लु देखिएको हो। सोपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए। कति संख्यामा कुखुरा छन् त्यसबारेमा थाहा नभएको न्यौपानेले बताए। साँझ त्यससम्बन्धी जानकारी प्राप्त हुने उनले बताए।

परियारले पालेका लोकल र गिरिराज कुखुरामा बर्डफ्लु देखिएको थियो। बर्डफ्लु लागेको क्षेत्रमा चार किल्ला लगाएर बर्डफ्लु संक्रमित कुखुरा नष्ट गरिएको छ भने सो क्षेत्रमा कुखुरा र दानाहरू आयात र निर्यात गर्न समेत रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस