चैत ४, सिराहा । सिके राउतको पार्टी स्वतन्त्र मधेस गठबन्धन को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको पार्टीको अध्यक्षमा डा. सिके राउत रहने गरि ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ ।बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ ।परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिनेछ । उक्त पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरिएको छ । पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरिएको छ ।
सिके राउतको पार्टीले स्वतन्त्र मधेसको नारा र नाममात्रै होइन, यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडेको छ । बैठकको निर्णयमा कहीँ पनि जनमत संग्रहको माग उठाइएको छैन