काठमाडौं ६ फाल्गुन । चर्चित गायक तथा सर्जक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट नेपालमै हो छुट” सामाजिक सञ्जालमा चौतर्फी चर्चा र बिबादहरु आएपछि । फेसबुक मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त गीत युट्युव बाट हटाएपछि आजको सांसद बैंठकमा पनि आवाज उठेको छ ।
गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।
यहि बिषयमा चर्चित लोक प्रिय गायक प्रमोद खरेलले आफ्नो अफिसियल फेसबुक मार्फत कांग्रेस सांसद माथि आक्रोश पोखेका छन् ।
गायक प्रमोद खरेलको स्टाटस जस्ताको तस्तै :
पशुपति शर्मा लाइ २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध
“त्यो पैसा आफ्नो क्षेत्र का विकासमा थप्नुस , जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस
कर्म गर्नुस, गीत माथि राजनिती नगर्नुस “