- ललित कुमार बस्नेत
तिम्रो लागि यो ज्यान साथी दिन पाए हुन्थ्यो
तिम्रो दुख सुखमा सधै सगै जिउन पाए हुन्थ्यो ।
तिमिलाइ देख्दा श्रद्धां जाग्थ्यो , शिर त्यसैमा झुक्थ्यो
धन,सम्पति, मान सम्मान केहि चाथेन मात्र साथले पुग्थ्यो ।
मेरो लागि प्रेरणास्रोत , मार्ग दर्शक सबै तिमिलाइ ठान्थें
स्वर्गका ती परी भन्दा साँच्ची साथी तिमिलाई सुन्दर मान्थें ।
तिमीलाई कहिले ज्वरो आउदा यो शरीरको ताप बढ्थ्यो
अनि मधुर मुस्कान दिंदा , लजाएर छड्के नजर हेर्दा मात पनि चढ्थ्यो ।
तिमीसंगै हाँस्ने खेल्ने नाता गाँस्ने सपना त्यो खेर गयो
जहाँ गएँ जे काम गरें सधै साथी तिम्रो याद आइरह्यो ।
तिम्रो बारे जति संझयो छाती पोल्छ, यो मन त्यसै रुन्छ
तर दु ख केही छैन मात्र तिमीलाई सधैंभरी हाँसी खुसी देख्न पाए हुन्छ ,
हाँसी खुसी देख्न पाए हुन्छ ।
- ललित कुमार बस्नेत
प्रमुख जिल्ला अधिकारी जाजरकोट