• २०८२ जेष्ठ २ गते बिहिवार

बर्दिया प्रहरीद्धारा १७ किलो चरेशसहित दुईजना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

पुस १, बर्दिया । बर्दिया प्रहरीले १७ किलोग्राम चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। जमुनी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक धनबहादुर केसीको कमाण्डमा रहेको टोलीले बढैयाताल गाउँपालिका २ फुटाहाबाट बिहान साढे ४ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रोल्पा जिल्ला नगरपालिका-६ कोर्चावाङ्ग बस्ने २३ वर्षीय सजिन बि।क। र २४ वर्षीय निर्मला बुढामगरलाई कालो झोलामा चरेश बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताए। उनीहरुको साथबाट भारतीय ५ हजार रुपैयाँ र दुईवटा मोबाइल सेट पनि बरामद गरिएको उनले जानकारी दिए। उनीहरु उपर थप अनुसन्धान भइरहेको बर्दिया प्रहरी प्रमुख एसपी वास्तोलाले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस