• २०८२ बैशाख २९ गते सोमवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन ३ केजी सहित एक विदेशी नागरिक पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पुस १, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध कोकिन ३ केजी सहित बोलिभियन नागरिक ४१ वर्षीया HERRERA ARTEAGA OLGA लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उनको सुटकेशभित्र उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस