- गोबिन्द पौडेल, इलाम
पुष १, इलाम । रोङ ६मा रहेर नेपािल र भारत, भसटान लगायतका देशकरुमा राष्टिय टिममा खेल्ने खेलाडीहरुसगको सहकार्यमा फुटबल खेल्दै आएका उनलाइ खेल क्षेत्रबाट गाउको पहिचान गराएको र थप प्रे।रण दिनको लागि रम्भ्याङ स्पोटिङ क्लबले वडा स्तरिय खेलाडी छनौट खेलको समापनको दिन सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरेको हो ।
काकडभिट्टा ट्रेनिङ्ग सेन्टर झापाको टिममा आबद्ध भएर सुदुर पश्चिमको खप्तड गोल्ड कप, इलामको माइभ्याली क्लव , कोलकत्ता ११ , सिक्किम ११ जस्ता टिमहरुमा सहभागी हुदै फुटबल खेल्दै आएका बिक्रम अहिले सम्म कुनै क्लवमा आबद्ध रहेका छैनन् । हरेक क्लव र संस्थाहरुले प्रयोग मात्रै गर्दै आएको उनले पाथीभरा गोल्डकप,२०७३ मा म्यान अफ द म्याच सन् २०१८ मा सिक्किम गोल्डकपमा म्यान अफ द म्याच, म्यान अफ द सिरीज र हाइ स्को्रर समेत बनेका थिए ।
आफुलाइ खेलमा रुची र जागर भएपनि राज्यले आफुलाइ उचित सहयोग गर्न नसकेको उनको दुखेसो रहेको छ । आफुले कुनैबेला खेतको गराकै अभ्यासले सफलता पाएको संतुष्टि गर्ने बिक्रम अहिले फुटबल अभ्यासकै क्रममा खुट्टाको चोटको कारण अभ्यास गर्न असक्क्र रहेका छन् । राज्यले आफुलाइ सहयोग गरे राज्यको शान उच्च राख्ने आफु लागि पर्ने उनको प्रतिबद्धता रहेको छ ।
आफुले त राम्रो स्थानमा राम्रो टेनिङ गर्न नपाएको बताउने बिक्रम अहिले तिन तहको सरकारले् गाउ गाउमा खेल मैदान र खेल तालिमको ब्यवस्त गर्न सकेमा हरेक गाउ र टोलबाट राज्यले अपेक्षा गरेको खेलाडी उत्पान गर्न सकिने कुरामा बिश्वस्त देखिएका छनु ।