• २०८१ बैशाख १३ गते बिहिवार

नेपालका लागि भारतीय राजदूत पुरीको कार्यकाल पूरा

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १ काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले तीनवर्षे कार्यकाल पूरा गरेका छन् । उनी स्वदेश फिर्ता भने १५ पुसमा हुने छन् ।

आज काठमाडौँ स्थित भारतीय दूतावासले उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । यसअघि आइतबार उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् ।

अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस