पौष, १ काठमाडौँ । कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् ।
उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् । शपथग्रहण समारोहमा नेकपाका प्रमुख सचेतक देव गुरुङ लगायतको उपस्थिति थियो ।
भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । स्वर्गीय रविन्द्र अधिकारीको स्थानमा उनकै पत्नीलाई नेकपाले उम्मेदवार बनाएको थियो ।