• २०८० फाल्गुन १० गते बिहिवार

दाङमा कठ्याङ्ग्रीदो जाडो शीतलहर बाक्लो हुस्सुले जनजीवन प्रभावित

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

पुस १, दाङ ।  दाङमा सितलहर र बाक्लो हुस्सु सुरु भएपछि जनजीवन प्रभावित भएको छ । बिहानैदेखि सुरुभएको सितलहरले दाङ जिल्लाको जनजीवन प्रभावित भएको छ। कठ्याङ्ग्रीदो जाडो अनि सितलहर सँगै चलेको चिसो हावाका कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्कन सकेका छैनन।

सितलहर अनि जाडोका कारण बिहान स्कुल एवम कलेज पढ्ने विद्यार्थीहरु, कलेज पढाउने शिक्षकहरु लगायत बिहानै काम गर्ने मजदुरहरु धेरै प्रभावित बनेका छन। सितलहरका कारण बृद्ध–बृद्धा र केटाकेटीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सितलहरसंगै अत्याधिक जाडो बढेपछि बालबालिकाहरुमा निमोनिया र स्वासप्रश्वासको संक्रमण बढेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सितलहरले गर्दा जनजीबन प्रभावित भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

सितलहर बढेपछि स्थानीय बासिन्दाहरुले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । सितलहरका कारण मानिस मात्र होइन तरकारी बाली आलु, टमाटर र सागपातमा समेत असर पुर्याएको तरकारी व्यावसायि गोमा चौधरीले बताइन ।

प्रतिक्रिया दिनुहोस