• २०८० चैत्र ३० गते शुक्रवार

लुम्बिनी चिनी मिल बन्द

पढ्न लाग्ने समय : १ मिनेट
  • विनोद भट्टराई

पुस १, नवलपरासी। पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिल बन्द भएको छ । चिनी मिल सञ्चालकले मिलमा आर्थिक र व्यवस्थापनको समस्या देखाउँदै चिनी मिल बन्द गरेको भनेका छन् ।

चिन सरकारको सहयोगमा २०४६ माघ महिनाबाट लुम्बिनी चिनी मिल सञ्चालनमा आएको नवलपरासीको दक्षिणी क्षेत्रमा व्यवसायिक उखु खेती फस्टाउदै आउको थियो । चिनीको मूल्य समायोजन नभएको, प्रयाप्त उखु उत्पादन नभएको भन्दै लुम्बिनी चिनी मिल गत बर्ष नै बन्द गर्न खोजिएको थियो ।

चिन सरकारको सहयोगमा नेपाल सरकारले उक्त मिल शुरुमा सञ्चालन गरेको भए पनि ०६२ साल माघ महिनादेखि यस चिनी मिललाई निजीकरण गर्दै मनिष अग्रवाललाई हस्तान्तरण गरेको थियो ।

अग्रवालको गत बर्ष निधन भएपछि यो मिल धरासायी भएको बताइएको छ । कारखानाका प्रबन्धक कुस सुवेदीले मिल मर्मत गर्नु पर्ने पनि भएकोले व्यवस्थापकीय पक्षले अबदेखि उद्योग नचलाउने निर्णय गरेको बताए । लुम्बिनी चिनीमिलले उखु किसानलाई गत बर्षको मात्रै सात करोड रुपैयाँ भुक्तान दिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस