मंसिर १ ,बर्दिया । गुलरीयाबाट चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले गुलरिया नगरपालिका(७ भन्सार रोडमा हिँडिरहेको अबस्थामा दाङको घोराही बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका(१ घर भइ घोराही बस्ने २७ वर्षीया जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षीया सुनथामी बुढामगर, रुकुम तक्सेर २६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगरलाई पक्राउ गरेको हो ।
उनीहरुले चरेस नेपालगञ्जबाट गुलरीया हुँदै भारत लैजादै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुबाट ५८ किलो चरेससहित नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाऐको छ ।