- विमल भट्टराई/इन्दिरा बिश्वकर्मा
असोज ३०, नवलपरासी । नवलपरासी ।“कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा आगामी मंसिर ५ देखि १५ गते सम्म सोमनाथ बजार परिसरमा प्रादेशिक औधोगिक व्यापार मेला २०७६ सञ्चालन हुने भएको छ ।
सोमनाथ बजारमा हुने मेलामा नेपाल लगायत छिमेकि राष्ट्रहरुको लगानीकर्ता, उत्पादक, बितरक, निर्यात कर्ताहरुलाई एकै थलोमा जम्मा गरि स्थानिय तथा स्वदेशि सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु साथै लगानि तथा नयाँ प्रबिधि सम्बन्धमा आपसी जानकारी आदानप्रदान गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिएमा छन् ।
मेलामा करिव २ सय स्टल रहने भनिएको मेलामा स्थानिय तथा पहाडि जिल्लामा उत्पादित कृषिजन्य, स्वदेशि उद्योगहरुका उत्पादित बस्तुहरु, अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्रि, जडिबुटि, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका बस्तुहरु र हस्तकला तथा तयारी पोषाक लगायतका बस्तुहरु पर्दशनमा राखिने बताइए । मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति, बिद्यालय तथा कला केन्द्रहरुको साँस्कृतिक कार्यक्रम र बिभिन्न जातजातिका परिकारहरु मुख्य आकषर्णमा रहने छन् । १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा करिव १० करोड रुपैँया बराबरको कारोबार लक्ष्य राखिएको आयोजकले जनाएको छ ।