• २०८१ फाल्गुन ७ गते बुधवार

राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपतिबीच दुईपक्षीय भेटवार्ता

पढ्न लाग्ने समय : १ मिनेट

असोज  ३०, काठमाडौँ । पाँच दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति विनबीच राष्ट्रपतीय भवनमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई म्यान्मारको नेपिटस्थित राष्ट्रपति भवनमा म्यान्मारको सेनाले सम्मान गारद ‘गार्ड अफ अनर’ दिएको छ  । राष्ट्रपति भण्डारी र म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच बिहीबार दुईपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

म्यान्मारको राजधानी रहेको राष्ट्रपतीय भवनमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच दुई ओटा समझदारी पत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस