• २०८२ बैशाख १६ गते मङ्गलवार

गुल्मीबाट खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, गुल्मी। धुर्कोट गाउँपालिका-२ पिपलधारा बस्ने २० वर्षीय निरन्जन महतलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धुर्कोट गाउँपालिका-३ हाड्हाडे बस्ने ३४ वर्षीय गोकर्ण खत्री र उनकै भाइ पदम खत्री रहेका छन् । धुर्कोट गाउँपालिका-३ हाड्हाडेमा भलिबल खेल हेरी फर्कने क्रममा चोरी गरेको विषयमा उनीहरुले महतलाई खुकुरी प्रहार गरेका बताइएको छ । घाइते महतको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस