• २०८१ माघ २६ गते शनिवार

नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोप-पत्र दायर

पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, भक्तपुर । नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्भेक्षकद्वय सिद्धराज जोशी र वीरभद्र जोशी उपर आरोप-पत्र दायर गरिएको छ ।

अनुसन्धानको सिलसिलामा निज सर्वेक्षक सिद्ध राज जोशी र सर्वेक्षक वीरभद्र जोशीले एकआपसको मिलेमतोमा नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी विभिन्न बहाना बनाई, आफूले गर्नुपर्ने कामको लागि सेवाग्राहीसँग घुस रकम माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरू सर्भेक्षकद्वय सिद्ध राज जोशी र वीरभद्र जोशीलाई विगो रू.८,०००।– (आठ हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन  मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस