• २०८१ जेष्ठ ११ गते शुक्रवार

मकवानपुरमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

पढ्न लाग्ने समय : १ मिनेट

असोज ३० ,मकवानपुर। मकवानपुरमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या भएको छ ।

बुधबार राति बकैया गाउँपालिका -३ जलजलेमा घरमै बसिरहेकी ५० वर्षीया सन्तमायालाई सोही ठाउँमा बस्ने ५० बर्षीय सुकबहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हतियार प्रहारबाट अन्य दुई जना घाइते भएका छन् । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा बुधबार राति ज्यान गएको हो ।

घाइते हुनेमा मुतकका श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ बर्षीया दिवीमाया मोक्तान रहेका छन् । उनीहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लामो समयदेखि आपसी झै–झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले राति नै हतियारसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस