असोज ३०, मोरङ । जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राति बिराटनगर महानगरपालिका-११ बस्ने रत्न बहादुर तामाङको घरमातास खेलिरहेको अवस्थामा ३१ वर्षीय रमेश मुखियासहित ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट नगद ६६ हजार ४ सय ५० रुपैयाँ, ८ सय भारतीय रुपैयाँ र ३ बुक तास समेत प्रहरीले बरामत गरेको छ ।
यसैगरी बिहीबार बिहान बिराटनगर महानगरपालिका-६ बस्ने २९ वर्षीय विकी केशरीको घरमा जुवातास खेलिरहेको अवस्थामा विकी केशरीसहित ६ जनालाई नगद २० हजार २ सय २० रुपैयाँ, २ सय ३० भारतीय रुपैयाँ र १ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।