• २०८२ बैशाख १६ गते मङ्गलवार

बाँके ट्राफिकले दुर्घटना रोक्न मापसे केन्द्रित सडक चेकजाँचलाई तीब्र पारेको छ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

असोज ३०, बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हजुर नमस्कार हजुरसँग लाइसेन्स बिलबुक छ भने हेरम कतै तपाई सवारी हाक्दा जथाभावी तीब्र गुडाउनु भएको त छैन बढी मदिरा सेवन गरि सवारी चलाउनु भएको छ कि हतार भएकाले उच्च गतिमा हाकिरहनु भएको छ कि ख्याल गर्नुहोस् तपाईं कानुनी दायरामा आउनुपर्ने छ ।

तपाईंको निगरानी ट्राफिक प्रहरीले गर्न थालेको छ । नेपालीहरुको महान तिहार/छठ पर्वहरु नजिकिदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चाडपर्वहरुमा मापसे केन्द्रित सडक चेकजाँच तिब्रता गरेको छ मापसे गरेर सवारी साधन चलाउनेहरु लाइसेन्स रद्द गर्ने तयारीमा बाँके जिल्ला ट्राफिक लागेको छ ।

अकालमा कुनै पनि मानिसको मापसे गरेर दुर्घटनामा ज्यान जान नपरोस् भन्दै ट्राफिक प्रहरीले बाँके जिल्ला भरी दिनमा १० पटक चेकजाँचलाई तीब्र पारेको बाँके जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमलले जानकारी दिनुभएको छ । बाँके जिल्लाको नेपालगन्ज बजार कोहलपुर लगाएत गाउँ गाउँमा गइ मापसे चेकजाँचलाई तीब्र पारेको बाँके ट्राफिक प्रबक्ता सूचना अधिकारी ओम प्रसाद पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस