• २०८१ जेष्ठ ४ गते शुक्रवार

थवाङ गाउँपालिकामा मेलमिलापबाटै मुद्दा किनारा

पढ्न लाग्ने समय : २ मिनेट
  • बिमल राज डांगी,रोल्पा

असोज ३०, रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा न्यायिक समिति गठन भएयता अहिले सम्म जम्मा ५२ वटा उजुरी दर्ता भएका छन् ।

न्यायिक समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाले काम थालेको दुई बर्षको अवधिमा समितिमा विभिन्न प्रकृतीका ५२ वटा मुद्धा दर्ता हुन आएको र अधिकांश मुद्धा सहमतिबाट किनारा लगाइएको बताउनुभयो।कार्यालयमा आएका उजुरी मध्ये जग्गा र लेनदेन सम्बन्धी ४ वटा मुद्धा मात्रै न्यायिक समितीमा बिचाराधिन छन, उहाले भन्नुभयो,’ धेरै जसो मुद्दा मेलमिलापमा टुंग्यायौं’। न्याय निरुपण गर्न लागि दुई वटा मुद्दा अदालतमा र एक वटा मुद्दा प्रहरी कहाँ पठाएको पनि उहाले सुनाउनुभयो । सो गाउँपालिकाका न्यायिक समितिमा बहुबिबाह,सम्बन्ध बिच्छेद, जग्गाबिबाद , घरायसी झैझगडा, कुट्पीट लगायतका मुद्धा बढी आउने गरेका छन् । ‘सामान्य विवाद भए पनि नागरिक न्यायिक समितिमा उजुरी लिएर गाउँपालिका आउँछन्,’ उपाध्यक्ष रोकाले भन्नुभयो ”हामीलाई मुद्दा मिलाउन भ्याइनभ्याई हुने गरेको छ, मुद्दा मिलाउनै व्यस्त रहनुपर्छ” । ”प्रकृयामा आएका जटिल तथा कार्यक्षेत्रभन्दा बाहिरका मुद्धा मात्रै माथिल्लो न्यायिक निकायमा पठाउछौँ ” उहाँले भन्नुभयो ।

त्यसैगरी उहाले न्यायिक समितिमा कानुनी सल्लाहकार नहुँदा काम गर्न असजिलो हुने गरेको अनुभव समेत सुनाउनुभयो । ‘कानुनी कुरा थाह नहुँदा मुद्धा किनारा लगाउ नै समस्या हुँदो रहेछ’ रोकाले भन्नुभयो,’ कानुनी सल्लाहकार नहुँदा मेलमिलापमै जोड दिएर मुद्दा टुङ्गाईरहेका छौं।रोल्पामा एक नगरपालिका सहित दस वटा स्थानिय तह छन।

प्रतिक्रिया दिनुहोस