• २०८१ जेष्ठ ५ गते शनिवार

असोज २ गते सरकारी अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, काठमाडौं । आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् ।

 संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय गरेको हो ।

३ गते संविधान दिवस मनाउने सन्दर्भमा संघीय अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट २ गते बहिरंग (ओ.पि.डी) सेवाको टिकट निःशुल्क प्रदान गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस