भाद्र ३१, गुल्मी । गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु भएको छ । भिरबाट खसेर मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका १ थामका ४३ वर्षीय वीरवहादुर केसी र मदाने गाउँपालिका ५ मलागिरीका नरे सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले जानकारी दिए । मदाने ५ मलायगिरीका सार्की घास काट्ने क्रममा भिरवाट खसेको परिवारको भनाई रहेको छ ।
त्यस्तै मुसिकोट १ का केसी सामान किन्न पसल गएको तर घर नर्फकेपछि खोज्ने क्रममा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक दुबैजनाको शवलाई जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि आज नै परिवारको जिम्मा लगाइएको छ ।