• २०८१ जेष्ठ १४ गते सोमवार

दाङका युवाहरूले फुटबल खेलाडीहरुलाई जर्सी र ट्रेनिङ सामग्री सहयोग

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा

भदौ ३१, दाङ । दाङका दुई युवाहरुले फुटबलका लागि क्लबलाई जर्सी तथा ट्रेनिङ सामग्री सहयोग गरेका छन् । घोराही निबासी नरेन्द्र पुन र घोराहीमा ब्यबसायी गर्दै आउनुभएका ईश्वरी पौडेलले दुई क्लबलाई सहयोग गर्नुभएको हो । फुटबल संघका महासचिब समेत रहनुभएका नरेन्द्र पुनले गढवामा रहेको स्वाभीमान युबा क्लबलाई फुटबल तालिमका लागि सामग्री प्रदान गरिएको छ । दाङ जिल्ला फुटबल संघका महासचिब नरेन्द्र पुनले ट्रेनिङ सामग्री प्रदान गर्नुभएको हो ।

दुई समुहलाई फुटबलको तालिमका लागि आबश्यक पर्ने बिब्स, मार्कर, फुटबल, कोण प्रदान गरिएको हो । गढवा १ का वडाध्यक्ष बाबुराम अधिकारीको रोहबरमा सामग्री प्रदान गरिएको हो । स्थानीय तहमा फुटबल खेलाडी उत्पादनका लागि सामग्री प्रदान गरेको पुनले जानकारी दिनुभएको छ । सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अधिकारी, फुटबल संघका जिल्ला सदस्य बसन्त पुरी, दिपक पुनको सहभागीता रहेको थियो । सानो उमेरका खेलाडीलाई प्रोत्साहनका लागि सामग्री प्रदान गरिएको छ । यसैबीच घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिकले तुलसीपुरको एक क्लबलाई जर्सी प्रदान गरेको छ । तुलसीपुर १४ लुहाडबरा दुम्नामा रहेको भ्याली युथ क्लबलाई फुटबल खेल्नका जर्सी प्रदान गरिएको हो ।

फुटबल संघ दाङका महासचिब नरेन्द्र केसी, सदस्य दिपक पुन, डेन्टलका सञ्चालक ईश्वरी पौडेलले क्लबका अध्यक्ष रामचन्द्र गिरीलाई जर्सी हस्तान्तरण गर्नुभएको हो । एक टीमका लागि जर्सी उपलब्ध गराएको सञ्चालक पौडेलले जानकारी दिनुभएको छ । स्थानीय तहमा रहेका खेलाडीलाई प्रोत्साहन गर्नका लागि जर्सी सहयोग गरिएको पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस