• २०८२ बैशाख ४ गते बिहिवार

सुनसरी र सप्तरीमा आज बेलुकासम्म सतर्क हुन आग्रह

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, काठमाडौं । बाढी नियन्त्रण महाशाखाले कोशी नदीको चतरामा जल सतहले सतर्कता तह पार गरेको र खतरा तह आसपास पुग्न सक्ने सम्भावना रहेको जनाएको छ । त्यसैले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा बेलुका सम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चितवन जिल्लाको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको र रिउखोलामा जलसतह सतर्कता तह आसपास पुगेको र खतरा तह पार गर्ने सम्भावना रहेकोले बेलुका सम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस