• २०८१ चैत्र ३ गते सोमवार

बाँके सशस्त्र प्रहरीले अबैध एयरगण सहित एक जनालाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

भदौ ३१, बाँके । नेपालगन्ज जमुनामा नेपाल र भारत सिमा क्षेत्रबाट एक जना नेपाली नागरिकलाई हतियार सहित सशस्त्र प्रहरी भन्सारले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका१६ स्थित नेपालगन्ज भन्सार कार्यालयको मुलगेट अगाडीबाट चेकजाँचको क्रममा सोमबार बेलुका ८ बजे तिरको समयमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नेपालगन्ज कारकाँदो निवासी ५५ वर्षीय प्रजुन गिरी रहेका छन्। उनको साथबाट ‘वान टोए’ एयर गन र त्यसमा प्रयोग हुने ५ सय थान छर्रा बरामद गरिएको सशस्त्र प्रहरी बल ४०. नम्बर गुल्मका प्रमुख डिएसपी नवराज बोहराले जानकारी दिनुभएको छ ।

सशस्त्र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर रानाको कमाण्डमा भन्सारमा खटिएको टोलीले भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेको युपी ४० ए.सी.१५१८ नम्बरको गाडीलाई सशस्त्र प्रहरी भन्सारले चेकजाँच गर्ने क्रममा हतियार फेला परेको भन्सार ४० नम्बर गुल्मका सशस्त्र प्रमुख डिएसपी बोहराले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस