• २०८१ जेष्ठ ७ गते सोमवार

तातोपानीमा नाकाबन्दी, डेढ दर्जन परिवारको बिचल्ली

पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम समाचारदाता

भदौ ३१, इलाम । इलामको रोङ गाउपालिका वडा नं ६ को बिकट टोल तातोपानी टोललाइ नाकाबन्दी लागेको छ । पूर्वमा भारतको सिमाना नजिकै रहेको सो टोलको उत्तरमा पुलबिहिन सिद्धिखोला रहेकोले बर्षदमा समयमा आवात जावत ठप्प रहने गरेकोमा गाउमा जाने एकमात्र बाटोपनि निमार्णाधिन सिद्धि हाइडोले बनाएको पहुचमार्गको भेलले बाटोलाइ पहिरो बनाएपछि त्यस टोलमा बसोबास गर्ने करिव डेढ दर्जन परिवार नाकाबन्दिमा परेका हुन् ।

अहिले सम्म कसैले सहयोग नगरेको कारण स्थानिय बासीहरुले चारबर्ष अघि लाखौ रुपैया खर्च गरेर बाटो निमार्ण गरेको थिए । बाठो निमार्णकोलागि गाउलेहरुले ४६ हजारसम्म लगानी गरेको स्थानिय प्रेम राइले बताए तर अहिले हाइडोको पावर हाउस जाने बाटो निमार्ण कम्पनिले नै्र बनाउने भनेको भएपनि सोही गाउको भुडेसरा सम्म बनाएको सडकमा नालीको ब्यवस्था नगर्दा सोिही सडकको भलले गाउलेले बनाएको बाटो बगाएर खहरे खोला जस्जै बनाएकोले त्यस टोलका मानिसहरुले उत्पादन गरेको कृषि उपज बजार लैजान र दैनिक उपभोगका सामानहरु ल्याउन पनि असहज भएको स्थानिय गणेश राइको भनाइ रहेको छ ।

बाटो खहरे खोला जस्तो भएको छ , अहिले त्यस ठाउका बालबालिकाहरुलाइ बिद्यालय आवात जावत गर्न समेत असहज रहेको स्थानिय बासीहरुको गुनासो रहेको छ । यस बारेमा रोङ गाउपालिका वडा नं ६ का पदाधिकारीहरुलाइ जानकारी गराइएको भए पनि हालसम्म केही नभएको स्थानिय बासीहको गुनासो रहेको छ ।

यता रोङ गाउपालिका र सुयोदय नगरपालिकाको सिमानामा रहेको सिद्धि खोलाबाट बिजुलि उत्पादन गर्न बिगत बर्षदेखी नै सिद्धि हाइडोले काम गर्न थालेको भएपनि करिव ६ महिना देखी काम ठप्प रहेको र स्थानिय बासीहरुले भने हाइडो कम्पनिकोबारेमा केही थाहा नपाएको उसैले गरेको कामको कारण अहिले आफुहरुले दुख पाउन थालेको गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस