• २०८१ माघ २६ गते शनिवार

सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३१ , काठमाडौं । असोज ३ मा संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग ओपीडी सेवा देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले असोज २ गते निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् ।

सरकार मातहतका देशैभरिका अस्पताल र स्वास्थ्य स‍ंस्थाले ओपीडी सेवाका लागि सुरुमा शुल्क लिएर टिकट काट्ने गरेका छन् । यसरी लिइने शुल्क भने अस्पताल अनुसार फरक–फरक छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुने मन्त्रालय जनायको छ ।

प्रतिक्रिया दिनुहोस