• २०८२ बैशाख ५ गते शुक्रवार

असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, काठमाडौँ । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू अन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस