• २०८१ जेष्ठ ५ गते शनिवार

विप्लवको झापास्थित गाेप्य कार्यालयमा प्रहरीको छापा

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ३१, झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि रहेको सो गोप्य कार्यालयमा छापा मारी केही थान हतियार र महत्वपूर्ण दस्तावेज बरामद गरिएको छ ।

कार्यालयबाट दुईवटा कटुवा पेस्तोल र ४ राउन्ड गोली, पार्टीका महासचिव विप्लवको हस्ताक्षिरत दर्जनौं रसिद बरामद गरेको छ । यससँगै सो समूहका ३ जना कार्यकर्ता समेत पक्राउ परेका छन् । सोमबार दिनभर १ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस