- सौगात राज बराल, कास्की
साउन ३२, कास्की । पोखरामा नेपाली अर्थतन्त्रमा सम्भावना र चुनौति विषयक गोष्ठी सम्पन्न भएको छ । पोखराकोे सिमलचौरमा रहेको ला ग्रान्डि ईन्टरनेसनल कलेजको आयोजनामा शनिबार सो गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका वरिष्ठ अर्थ सल्लाहकार डा. विश्व पौडेलले आ-आफ्नो विशेषज्ञता अनुसार प्रस्तुत गरेका थिए ।
दुई वटा सत्रमा आयोजना गरिएको गोष्ठीको पहिलो सत्रमा पूर्व उपाध्यक्ष डा.वाग्लेले नेपालको अर्थ व्यवस्था, इतिहास र विश्व अर्थ व्यवस्थामा नेपालको स्थानका बारेमा कलेजका विद्यार्थी सामु आफ्नो प्रस्तुती दिएका थिए ।
यस्तै दोस्रो खण्डमा नेपाली अर्थतन्त्रको लक्ष्य, हालको अवस्था, विकासका संवाहकका खम्बा र जोखिमका बारेमा प्रकाश पारे । उनले नेपालका आर्थिक विकासका लागि असल नेतृत्वसँगै नीति नियम र अन्तराष्ट्रिय सम्बन्ध आवश्यक रहेको बताए । अर्का वक्ताका रुपमा रहेका डा. पौडेल नेपालमा उद्यमशीलताको विकास गर्ने तरिका, गरिबी निवारण, सिर्जनशीलता विकास गर्न राज्यको भूमिका बारे जानकारी गराए । सो कार्यक्रमको दोस्रो सत्रमा स्रोतव्यक्तीसँग बहस तथा अन्तरक्रिय कार्यक्रम गरिएको थियो । त्यसमा कलेजका संस्थापक अध्यक्ष देबराज चालिसे तथा गण्डकी विकास बैंकका सहायक सीईयो तारानाथ लम्सालले छलफल गरे ।
सो अन्तरक्रियामा कलेजका जिज्ञासु विद्यार्थीहरुले ब्यापार विश्वव्यापीकरण, नेपाली अर्थतन्त्रमा विश्व अर्थतन्त्रको प्रभाब, नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको सम्भावना र चुनौती आदी विषयमा प्रस्न राखेका थिए । कार्यक्रममा विद्यार्थीको तर्फबाट बिज सेन्टरका संयोजक ईस्वर पहारीलेस्वागत मन्तब्य राखेका थिए । यस्तै सौगातराज बराल, सुशील पोख्रेल, स्नेहा गुरुङ लगायतले अनुभव तथा स्रोत व्याक्तीहरुको परिचय राखेका थिए ।
कलेजका प्रिन्सिपल ई. किरण केसीले स्वागत मन्तव्य सहित कलेजको संक्षिप्त परिचय र कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने उक्त कार्यक्रमको समापन कलेजका अध्यक्ष चालिसेले गरेका थिए । उनले सबै विद्यार्थीहरुलाई युवा अर्थशास्त्रीको जीवन बारे केही सिक्न सुझाव दिए । कार्यक्रमको संचालन कलेजका एकेडेमिक डिन डा. कृष्णराज भण्डारीले गरेका थिए ।