• २०८२ बैशाख ४ गते बिहिवार

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२,  झापा । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका प्रतिवादी गौरीगंज गाउँपालिका-४ घर भएका २५ वर्षीय दिपक प्रसाद गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विसं २०६८ माघ २३ गते जिल्ला अदालत झापाको फैसलाले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस